sujim bazar advert

झिल्टुङ क्रसकन्ट्रीमा दौडिए तीन सयभन्दा बढी खेलाडीहरु

डबली खबर     माघ ११, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

jhiltung cross country running tournament
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१० माघ, नुवाकोट । दशौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा देशभरका ३८ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

बेलकोटगढी नगरपालिकाको गौरवको रुपमा स्थापित दौड प्रतियोगितामा राष्ट्रिय खेलाडी, भेट्रान धावक, खुला छात्र–छात्रा, आमा समूह, बा समूह गरी विभिन्न १० विधामा प्रतिस्पर्धा भएको ५ नम्बर वडा अध्यक्ष मदन भुजेलले जानकारी दिए ।

प्रतियोगितामा खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषतर्फ अर्जुन, रमेश लिम्बू द्वितीय र रुकुमका ठकेन्द्र शर्मा तृतीय भएको दौडका परिकल्पनाकार मोहन नेपालले जानकारी दिए । महिलातर्फ फुलमति राना प्रथम, राज्यलक्ष्मी रावल द्वितीय र सुशीला महत तृतीय भएको जानकारी दिए ।

स्थानीय जुनियर यू–१६ छात्रतर्फ ४.५ किलोमिटरमा आशिष तामाङ प्रथम, गुलसन रोकामगर द्वितीय र मनिष तामाङ तृतीय भएका थिए । सोही दुरीमा छात्रातर्फ सिलसिला कुँवर प्रथम, सकिना तामाङ द्वितीय र राइस्का सुवेदी तृतीय भएका थिए ।

यसैगरी स्थानीय भेट्रान ४५ वर्षमाथि ४.५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ प्रथम, मिठु नेपाल द्वितीय र राजेन्द्रप्रसाद नेपाल तृतीय भएका थिए ।

आमा समूहतर्फ ४.५ किलोमिटरमा सनिता श्रेष्ठ प्रथम, विमला श्रेष्ठ द्वितीय र भवानी लामिछाने तृतीय भएका थिए । भेट्रान खुला पुरुषतर्फ १३.४ किलोमिटरमा धर्म महर्जन प्रथम, रेवतबहादुर दाहाल द्वितीय र रामचन्द्र श्रेष्ठ तृतीय भएका थिए ।

स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुद संस्कृतिको विकास तथा नगरलाई खेल पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्नु प्रतियोगिताको उद्देश्य रहेको नगरप्रमुख जगतबहादुर गुरुङले बताए । नगरपालिकाले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्य लिएको नगरप्रमुख गुरुङले बताए।

उनले खेलकुदले अनुशासन, स्वास्थ्य र सामाजिक एकता प्रवर्द्धन गर्ने उल्लेख गर्दै झिल्टुङ क्रसकन्ट्री दौडलाई दीर्घकालीन पहिचान दिलाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोग रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top