१० माघ, पिपलटार । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले प्रवाह गरेको सेवा तथा सुविधाहरु सम्वन्धि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम सम्पन्न भएको छ ।
चिकित्सालयले प्रदान गर्दै आएका सेवा, सुविधा तथा व्यवस्थापनको मापदण्ड कार्यान्वयन मापनको प्रतिवेदनअनुसार ६३ प्रतिशत प्राप्त गरेको छ ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयप्रति सेवाग्राहीको विश्वास बढ्दो क्रममा रहेतापनि प्रचारप्रसारमा कमी रहेको बताईन् । नगरपालिकाले चालु आर्थिकवर्षमा मुख्य सडकबाट चिकित्सालयसम्म पुग्ने सडक निर्माणको लागि बजेट विनियोजन गरिएको योजना कार्यान्वनमा रहेको जानकारी दिईन् ।
नुवाकोटमा निःशुल्क स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु हुँदै
विदुर नपा ५ नम्बर वडाअध्यक्ष लिलानाथ न्यौपानेले चिकित्सालयमा पूर्वाधार भौतिक संरचना र सेवाप्रवाहमा वडा तथा नगरपालिकाले सहजीकरण गर्दै आईरहेको बताए ।
चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले मापनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै सेवाको गुणस्तर अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
मापन समितिले चिकित्सालयले प्रवाह गरेका सेवा उत्कृष्ट रहेको भएपनि भवनमा पानी चुहावट, पार्किङ व्यवस्थापन, प्रचारप्रसार लगायतका सुधार गर्नु पर्ने पक्षहरु औल्याएका छन् ।

प्रतिक्रिया