+
Search

ताजा अपडेट +

पपुलर +

भलिबलमा म्यागङ गाउँपालिका प्रथम

girls' volleyball tournament wins Myagang RM
डबली खबर
३ महिना अगाडी

२ माघ, विदुर । नुवाकोट जिल्ला भलिबल सङ्घको आयोजनामा प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ अन्तर्गत सञ्चालित अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा म्यागङ गाउँपालिका प्रथम, दुप्चेश्वर गाउँपालिका द्वितीय, लिखु गाउँपालिका तृतीय र तादी गाउँपालिका सान्त्वना स्थान प्राप्त गरेका छन्। विजेताहरुले क्रमश: नगद ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैँया र ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी काजल तमाङ (म्यागङ), ‘वेष्ट स्पाइकर’ प्रतिक्षा शाक्य (म्यागङ), ‘वेष्ट सेटर’ स्मिता तमाङ (म्यागङ), ‘वेष्ट सर्वर’ सुनमाया तमाङ (तादी), ‘वेष्ट लिब्रो’ अनिषा तमाङ (दुप्चेश्वर) र ‘वेष्ट ब्लकर’ राजिमा राई (लिखु) भएका छन्।

यसैगरी प्रतियोगिताभरको १३ वटै खेलका उत्कृष्ट खेलाडीहरुले पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेताहरु तथा विविध विधामा पुरस्कार प्राप्त गरेका खेलाडीहरुलाई म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तमाङ, उपाध्यक्ष सीता गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ र नुवाकोट जिल्ला भलिबल सङ्घका अध्यक्ष सुबास पाण्डेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताले नुवाकोटमा खेलकुद, एकता तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भलिबल सङ्घका अध्यक्ष सुबास पाण्डेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ