+
Search

ताजा अपडेट +

पपुलर +

लायन्स क्लबद्वारा निःशुल्क आँखा शिविर, सयौं लाभान्वित

lions service center eye camp
डबली खबर
५ महिना अगाडी

२९ पुस, नुवाकोट । लायन्स क्लब अफ नुवाकोट त्रिशूली, विदुर नगरपालिका तथा विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र टिचिङ हस्पिटलको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर भएको छ।

विदुर नगरपालिका–९ बाघटारस्थित लायन्स सेवा केन्द्रमा सञ्चालित शिविरमा १ हजार २६३ जना लाभान्वित भएको केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिए ।

पुस १६ देखि २४ गतेसम्म सञ्चालित शिविरमा आँखा जाँच गरी निःशुल्क औषधी वितरण गरिएको छ ।

शिविरमा ४२ जना आँखाका बिरामीहरुको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ।

साथै, जटिल प्रकृतिका २७ बिरामीलाई थप उपचारका लागि टिचिङ हस्पिटलमा निःशुल्क रेफर गरिएको उनले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ