+
Search

ताजा अपडेट +

पपुलर +

क्यान्सर विजेताहरूको साहसिक अभियान, १८०० किमी साइकल यात्रा नुवाकोटमा

cycling for cancer survival support 1800kms across mid hill highway
डबली खबर
४ महिना अगाडी

२८ पुस, विदुर । ‘साइकल कल्चर कम्युनिटी‘ले आयोजना र धुलिखेल अस्पतालको सहकार्य भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानको १२औँ दिन नुवाकोटको सदरमुकाम विदुर आईपुगेको छ।

क्यान्सर रोगको अनुभवलाई सामर्थ्यमा बदल्दै गरिब तथा निमुखा क्यान्सर पीडितहरूलाई आर्थिक सहयोग गर्न थालिएको १८ सय किलोमिटर लामो यात्राका सहभागीहरु नुवाकोट आई पुगेको यात्राका संयोजक तथा धुलिखेल अस्पतालका महिलारोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

@dabalikhabar क्यान्सर रोगको अनुभवलाई सामर्थ्यमा बदल्दै गरिब तथा निमुखा क्यान्सर पीडितहरूलाई आर्थिक सहयोग गर्न थालिएको १८ सय किलोमिटर लामो यात्राका सहभागीहरु नुवाकोट आई पुगेको छ। #dabalikhabar #nuwakot #cycling #cancer #cancersurvival #togetherfornepal #cancerawareness ♬ original sound – dabalikhabar

सोमबार विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले अभियान यात्राको टोलीलाई स्वागत गर्दै स्वास्थ्यसँगको सामाजिक कार्यको सेवा भावको अभियान प्रेरणादायी रहेको उनले बताईन् ।

क्यान्सर रोगलाई जितेका तथा साईकल धावक हर्क लामाको नेतृत्वमा यो अभियान अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ (पुस १७) गतेदेखि पूर्वको चिवाभञ्ज्याङबाट सुरु भएको थियो।

लामा स्वयं पिसाबथैलीको क्यान्सर (ब्लाडर क्यान्सर) बाट बिगत केही वर्षदेखि संघर्षरत छन्। उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनले क्यान्सर रोगबारे जनचेतना फैलाउने र उपचारका लागि सहयोग जुटाउने अभियान थालेको लामाले बताए ।

यात्रामा अर्की क्यान्सर रोगलाई जितेका कलाकार तथा साईकल धावक कविता चित्रकारले साथ दिएकी छिन् । रोग लागेपछि मानसिक रोगको समेत शिकार भएकी चित्रकारले करिब दुई वर्षदेखि साईकल चलाउँदै क्यान्सर रोगबारे जनचेतना फैलाउने अभियानमा लागिएको बताईन् ।

साइकल यात्रामा धुलिखेल अस्पतालका हाडजोर्नी सर्जन डा. विकास पराजुलीलगायत अन्य साइकल धावकहरू पनि सहभागी छन् ।

अभियानको मुख्य उद्देश्य क्यान्सर प्रभावितहरूका लागि अक्षय कोष खडा गर्नुका साथै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे जनचेतना फैलाउनु रहेको यात्राका संयोजक डा. ताम्राकारले जानकारी दिए ।

हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा र दिक्तेलका स्थानहरुमा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको डा. ताम्राकारले जानकारी दिए ।

यो एक महिने अभियानले क्यान्सरलाई जित्न सकिन्छ भन्ने सन्देश फैलाउँदै पीडितहरूलाई हौसला प्रदान गरिरहेको डा. ताम्राकारले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ