९ पुस, विदुर । नुवाकोटमा यहि पुस २८ गतेदेखि सुरु हुने ‘प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव’ हुँदैछ ।
उत्सवको मुनाफाबाट विदुर नगरपालिका-९ डिहीबजारमा आधुनिक खेलकुद पार्क निर्माण गरिने नुवाकाेट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरूङले बताए ।
यस कार्यक्रमको माध्यमबाट जिल्लाका खेलाडी र खेलप्रेमीलाई आवश्यक सुविधा प्रदान गर्ने जनाएको छ। निर्माण हुने पार्क समितिकै नाममा रहेको १० रोपनी जग्गामा स्थापना गरिने समितिका अध्यक्ष गुरुङले बताए ।
उक्त स्थानमा कभर्ड हल निर्माण भइसकेको छ, करिब ४ हजार दर्शक बस्न सक्ने क्षमता रहेको छ । कार्यालय पनि त्यहींबाटै सञ्चालनमा गरिएको छ ।
पार्कमा खेलाडीहरूको अभ्यास र प्रशिक्षणका लागि स्विमिङ पुल, जिम हल, विभिन्न खेल मैदान तथा शारीरिक फिटनेसका लागि आवश्यक उपकरणहरू समावेश गरिने योजना छ।
आगामी दिनमा थप रकम सङ्कलन जुटाएर पार्कको निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए । यस परियोजनामा स्थानीय समुदाय तथा जिल्ला खेलकुद विकास समितिको सहभागिता रहने छ।
उनले भने, “हामी खेलकुद क्षेत्रको विकासका लागि स्थानीय खेलाडीहरूलाई उच्चस्तरीय सुविधा उपलब्ध गराउन प्रतिवद्ध छौं। यो परियोजना जिल्लामा खेलकुद तथा स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
संघीय र बागमती प्रदेशबाट थप आवश्यक सहयोग प्राप्त हुने उनले बताए ।





















प्रतिक्रिया