+
Search

ताजा अपडेट +

पपुलर +

खेलकुद उत्सव: ब्याडमिन्टन प्रतियोगिता हुने

sport carnival badminton
डबली खबर
४ महिना अगाडी

१३ पुस, विदुर । नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२ को अवसरमा कोलनी ब्याडमिन्टन ग्रुपको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ।

कोलनी ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिता आगामी २०८२ साल पौष २६ र २७ गते सञ्चालन हुनेछ।

नुवाकोट जिल्ला खेलकुद विकास समिति संरक्षक रहेको प्रतियोगिता विद्यालयस्तर र खुला जिल्लास्तरमा सञ्चालन गरिनेछ। विद्यालयस्तरतर्फ छात्रछात्रा विधामा प्रतिस्पर्धा हुनेछ भने जिल्लास्तरतर्फ ए र बी लेभल विधामा खेल सञ्चालन गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा खेलाडीहरूले तोकिएको समयभित्र आयोजक समितिसँग सम्पर्क गरी नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।

जिल्लामा खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक शनि चित्रकारले बताए ।

प्रतियोगितासम्बन्धी नियम, खेल तालिका तथा थप विवरण नाम दर्ताकै क्रममा उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्रसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामाको टिम दर्ता अन्तिम मिति पौष २४ गते बेलुका ५ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ