+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम नुवाकोट खेलकुद उत्सव: म्याराथन दौड प्रतियोगिता हुने

marathon in first sports cultural and tourism 2082 in Nuwakot
डबली खबर
४ महिना अगाडी

१२ पुस, डिहिबजार । प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२ अन्तर्गत म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको छ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी पुस २६ गते हुने प्रतियोगितामा पुरुषतर्फ ६ किलोमिटर र महिलातर्फ ३ किलोमिटर दूरीको दौड समावेश गरिएको म्याराथन दौड समितिका सिंहराम घलेले जानकारी दिए । दौड बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट सुरु भई जिल्ला खेलकुद विकास समिति भवन कोलोनीमा पुगेर समापन हुने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई १० हजार रुपैँया, द्वितीयलाई ७ रुपैँया र तृतीयलाई ५ रुपैँया नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले प्रति खेलाडी तीन सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोजक समितिले प्रतियोगिता पुरुष तथा महिला खुला विधामा सञ्चालन हुने, दर्ता शुल्क अनिवार्य हुने, निर्धारित मार्गमै दौड पूरा गर्नुपर्ने तथा नियम उल्लङ्घन गर्ने खेलाडी अयोग्य ठहरिने जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि टी–सर्ट निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ