+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऐसेलुभुमे मावि शीर्ष स्थानमा, १७ पदक

ऐसेलुभुमे मावि शीर्ष स्थानमा, १७ पदक
डबली खबर
४ महिना अगाडी

२९ मङ्सिर, नुवाकोट । किस्पाङ गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिका क्षेत्रका विद्यालयका खेलाडीहरूको प्रतिस्पर्धात्मक प्रदर्शनबीच ऐसेलुभुमे भुमे माध्यमिक विद्यालयले कुल १७ पदक जित्दै समग्रमा शीर्ष स्थान हासिल गरेको छ।

प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक तर्फ ऐसेलुभुमे माध्यमिक विद्यालय र ज्ञानज्योति माध्यमिक विद्यालयले समान ७/७ स्वर्ण पदक जितेर अग्रता लिएका छन्।

ज्ञानज्योति माविले १५ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ।

पञ्चलिङ्गे मावि १२ पदकसहित तेस्रो स्थानमा रहन सफल भएको छ।

गत मङ्सिर २३ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जल्पु खोला मावि, साल्मे मावि र त्रिभुवन माविले पनि सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ