+
Search

ताजा अपडेट +

पपुलर +

किस्पाङमा ‘छैठौं राष्ट्रपति रनिङ शिल्ड’ सुरु

President running shield cup in Kispang RM Nuwakot
डबली खबर
४ महिना अगाडी

२३ मङ्सिर, भाल्चे, नुवाकोट । किस्पाङ गाउँपालिकामा पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता किस्पाङ गाउँपालिकाको मुख्य आयोजना तथा जल्जुखोला माध्यमिक विद्यालयको सह-आयोजनामा सञ्चालन भएको हो ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने, अनुशासित खेलाडी उत्पादन गर्ने र विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।

किस्पाङ गापा–१, भाल्चेस्थित जल्जुखोला माध्यमिक विद्यालयको खेलमैदानमा आज मङ्सिर २३ गतेदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता आगामी मङ्सिर २६ गतेसम्म चल्नेछ।

प्रतियोगिता अवधिभर भलिबल, एथलेटिक्स, कबड्डी लगायतका विभिन्न विधामा छात्र तथा छात्राहरूबीच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ