+
Search

ताजा अपडेट +

पपुलर +

सामरी डोजोले जित्यो ९ स्वर्ण

samari karate dojo win 9 gold medals from 8th samurai international championship
डबली खबर
५ महिना अगाडी

८ मङ्सिर, नुवाकोट । भारतको हातरसस्थित बीएलएस इन्टरनेशनल स्कूलमा भएको आठौँ भारत–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप–२०२५ मा नेपाली टोलीले सानदार प्रदर्शन गरेको छ।

उक्त प्रतियोगितामा नुवाकोटको सामरी कल्लाबारी डोजोका खेलाडीहरूले ९ स्वर्ण पदकसहित ‘सेकेन्ड टिम ट्रफी’ जितेर राष्ट्रको नाम उच्च राखेका छन् ।

विश्व बुडो शोतोर्यु कराते फेडेरेसन तथा कराते इन्डिया अर्गनाइजेशनद्वारा मान्यता प्राप्त यस प्रतियोगितामा नेपालका तर्फबाट ६ जना खेलाडी सहभागी भएका थिए।

प्रतियोगितामा तीन जना खेलाडीले दोहोरो स्वर्ण पदक हात पारेका छन्। जसमा १० वर्षीया ओस्प्रिना तामाङ, १४ वर्षीय सरोज तामाङ र ११ वर्षीय आयुष तामाङले २/२ स्वर्ण पदक जिते। त्यस्तै, १६ वर्षीय निराज तामाङ, ११ वर्षीया सुबिक्ष्या तामाङ र १६ वर्षीय रोशन ओलीले १/१ स्वर्ण पदक आफ्नो नाममा दर्ता गराए।

सामरी कल्लाबारी डोजोका मुख्य प्रशिक्षक गणेश तामाङले नेपाली खेलाडीहरूले प्राविधिक रूपमा उच्च कौशल प्रदर्शन गरेको बताए।

“हाम्रा साना खेलाडीहरूले भारतको भूमिमा जसरी आत्मविश्वासका साथ खेले, त्यसले नतिजालाई उत्कृष्ट बनायो,” प्रशिक्षक तामाङले भने, “यो ९ स्वर्ण पदक र टिम ट्रफी हाम्रो कडा मिहेनतको फल हो।”

आयोजकहरूले नेपालको युवा टोलीको अनुशासित खेल र प्राविधिक दक्षताको प्रशंसा गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ