+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रिमियर लिगको ट्रफी टुर आज नुवाकोटमा

Nepal premier league cricket 2025 Nuwakot
डबली खबर
५ महिना अगाडी

२७ कात्तिक, नुवाकोट । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी आज नुवाकोटमा विशेष कार्यक्रमसहित प्रदर्शनीका लागि ल्याइँदैछ। ट्रफी टुर अन्तर्गत नुवाकोटमा आज विभिन्न धार्मिक तथा ऐतिहासिकस्थलमा परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रम अनुसार दिउँसो १:३० बजे ट्रफी ढिकुरे बजार हुँदै गंगटे, माझिटार, पिपल्टार हुँदै देबिघाट मन्दिरमा परिक्रमा गरिनेछ। त्यसपछि २:३० बजे नुवाकोट भैरवी मन्दिर, ३:१५ बजे त्रिशूली बजार र ३:३० बजे कोलोनि बजारमा ट्रफी प्रदर्शनी र परिक्रमा आयोजना हुने छ।

ट्रफी टुरको अन्त्यमा ४:४० बजे विदुर नगरपालिका परिसरमा विशेष समापन समारोह आयोजना गरिने नुवाकोट क्रिकेट क्यानका सचिव करण खतिवडाले जानकारी दिए ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका अवसरमा आयोजना भइरहेको यो ट्रफी टुर देशका विभिन्न सहर र धार्मिक–पर्यटकीय स्थलहरूमा पुगेको थियो । नुवाकोटको ट्रफी यात्रासँगै औपचारिक रुपमा ट्रफी टुर कार्यक्रम समापन हुने नेपाल क्रिकेट सङ्घका सदस्य तथा नुवाकोट क्रिकेट क्यान सङ्घका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए ।

आयोजकहरूले यस कार्यक्रमले स्थानीय युवामा खेलप्रतिको आकर्षण र लिगप्रतिको समर्थन अझ बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ