४ कार्तिक, नुवाकोट । सेभेन ए साईड छैठौँ देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्यु भिजन क्लबले जितेको छ ।
घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजक कञ्चना देउराली युवा क्लबलाई ०-१ गोल अन्तरले पराजित गर्दै न्यु भिजनले उपाधि हात पारेको हो ।
विजेताले एकलाख २५ हजार रुपैँया र उपविजेताले ५० हजार रुपैँया नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बेलकोटगढी नगरपालिका-६ अर्चलेमा असोज ३० देखि कार्तिक ४ गतेसम्म भएको प्रतियोगितामा १६ वटा समुहले सहभागिता जनाएको प्रतियोगिता संयोजक प्रशन्न थिङ्गले जानकारी दिए ।
विजेता तथा उपविजेतालाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, वडाध्यक्ष अम्बिका तामाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया