+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको स्वास्थ्य कार्यक्रम समीक्षा गोष्ठी

bidur municipality health annual meeting
डबली खबर
७ महिना अगाडी

२९ असोज, नुवाकोट । विदुर नगरपालिका स्वास्थ्य शाखाद्वारा आर्थिक वर्ष २०८१/०८२ का स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रम नगरप्रमुख राजन श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नगर उपप्रमुख प्रभा बोगटीको विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलको अध्यक्षता रहेको थियो।

कार्यक्रमका क्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका मातृशिशु स्वास्थ्य, खोप, पोषण, रोग नियन्त्रण, स्वास्थ्य प्रवर्द्धन, परिवार नियोजन, लैङ्गिक हिंसा विरुद्धका सचेतना कार्यक्रमलगायतका क्रियाकलापहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै, सेवाप्रवाहमा देखिएका चुनौती, स्रोत–साधनको अभाव, जनचेतनाको कमी र प्रशासनिक समन्वयका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का अध्यक्ष लेलिन रञ्जित, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नं. ११ का अध्यक्ष बाबुराम तामाङ, स्वास्थ्य कर्मचारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोेष्ठीमा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो।

सहभागीहरूले आगामी वर्षका स्वास्थ्य कार्यक्रमहरूलाई थप प्रभावकारी, परिणाममुखी र दिगो रूपमा कार्यान्वयन गर्नका लागि सुझाव र सिफारिसहरू समेत प्रस्तुत गरेका थिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ