+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका ११ जना घाइतेले उपचार खर्च सहयोग पाउने

bandage hand
डबली खबर
६ महिना अगाडी

२६ असोज, नुवाकोट। जेन-जी आन्दोलनका क्रममा घाइते भएका नुवाकोटका ११ जना व्यक्तिहरूको उपचार खर्च पाउने भएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आईतबार एक सूचना जारी गर्दै आन्दोलनको क्रममा घाईते भएका व्यक्तिको उपचारमा भैपरी खर्चको लागि आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार ती सबै घाइतेहरू विभिन्न अस्पतालहरूमा उपचाररत छन्। घाइतेहरूमा नुवाकोटका विदुर नगरपालिका, ककनी गाउँपालिका, तारकेश्वर गाउँपालिका लगायत विभिन्न स्थानका रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार २०८२ असोज १९ गतेदेखि उपचार र भैपरी आउने खर्चका लागि सहयोग उपलब्ध गराइने जनाएको छ ।

आवश्यक कागजातमा अस्पतालको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, बैंक खाता विवरण र पासपोर्ट साइज फोटो माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ