+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिने आँखा शल्यक्रिया शिविर सम्पन्न

eye surgery in Nuwakot Nepal
डबली खबर
७ महिना अगाडी

१० असोज, नुवाकोट । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको संयुक्त आयोजनामा दुई दिने मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ।

शिविरमा एकसय नौ जनाको मोतियाबिन्दु र सात जनाको मासु पलाएको गरी एक सय १६ जना आँखाका बिरामीहरुको सफल शल्यक्रिया गरिएको नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

विशेषज्ञ चिकित्सकहरूको टोलीले सञ्चालन गरेको उक्त शिविरमार्फत नुवाकोट लगायत आसपासका जिल्लाका सेवाग्राहीहरूले निःशुल्क आँखा उपचार पाएका छन् ।

आयोजक संस्थाहरूले ग्रामीण भेगका विपन्न तथा स्वास्थ्य सेवामा सहज पहुँच नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ