+
Search

ताजा अपडेट +

पपुलर +

एम्बुलेन्स चालकहरूलाई तालिम

ambulance driver training in Nuwakot
डबली खबर
८ महिना अगाडी

१३ भदौ, विदुर । नुवाकोटमा एम्बुलेन्स चालकहरूका लागि एकदिने प्राथमिक उपचार तालिम भएको छ ।

महेन्द्र नारायण निधि हस्पिटलको आयोजनामा एम्बुलेन्स चालक सङ्घको समन्वयन तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा भएको तालिममा आपतकालीन अवस्थामा दुर्घटनामा परेका घाइतेको सुरक्षित उपचार, बिरामीलाई अस्पताल पुर्याउने क्रममा अपनाउनुपर्ने सावधानी तथा प्राथमिक उपचारका आधारभूत विधिहरू बारे व्यावहारिक ज्ञान प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक उद्धव शर्मा रिजालले हृदयघात, रक्तस्राव, हड्डी भाँचिनेजस्ता आकस्मिक अवस्थाका लागि आवश्यक हुने प्राथमिक उपचार सीप र एम्बुलेन्स चालकले निभाउनुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले तालिमले एम्बुलेन्स चालकहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने भन्दै आकस्मिक स्वास्थ्य सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

तालिममा जिल्लाभरका एम्बुलेन्स चालकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ