sujim bazar advert

नुवाकोटमा एकसय १९ जनाले गरे रक्तदान

डबली खबर     भदौ ९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

1 million blood unit in 100 hours donation in Nuwakot Nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

९ भदौ, विदुर । नुवाकोटको विदुर नगरपालिकामा भएको रक्तदान कार्यक्रममा तीन दिनमा एकसय १९ जनाले रक्तदान गरेका छन् ।

ब्रह्माकुमारी राजयोग केन्द्र नुवाकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटी नुवाकोटको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक सय बढीले रक्तदान गरेका छन् ।

नगरपालिकाको बट्टारमा ५६, ढुंगेमा ३९ र देवीघाटमा २४ युनिट रगत सङ्कलन गरिएको उपसेवा केन्द्रकी प्रमुख ब्रह्माकुमारी लिलाले जानकारी दिईन् । रक्तदानमा ३१ महिला र ८८ पुरुषले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले मानवीय सेवा अनुरूप कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।

रक्तदान महाअभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो ।

विश्व गिनिज रेकर्डमा समेत नाम राख्ने उद्देश्यले विश्वभर एक साथ रक्तदान महाअभियान सञ्चालन गरिएको थियो।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top