+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा एकसय १९ जनाले गरे रक्तदान

1 million blood unit in 100 hours donation in Nuwakot Nepal
डबली खबर
९ महिना अगाडी

९ भदौ, विदुर । नुवाकोटको विदुर नगरपालिकामा भएको रक्तदान कार्यक्रममा तीन दिनमा एकसय १९ जनाले रक्तदान गरेका छन् ।

ब्रह्माकुमारी राजयोग केन्द्र नुवाकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटी नुवाकोटको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक सय बढीले रक्तदान गरेका छन् ।

नगरपालिकाको बट्टारमा ५६, ढुंगेमा ३९ र देवीघाटमा २४ युनिट रगत सङ्कलन गरिएको उपसेवा केन्द्रकी प्रमुख ब्रह्माकुमारी लिलाले जानकारी दिईन् । रक्तदानमा ३१ महिला र ८८ पुरुषले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले मानवीय सेवा अनुरूप कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।

रक्तदान महाअभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो ।

विश्व गिनिज रेकर्डमा समेत नाम राख्ने उद्देश्यले विश्वभर एक साथ रक्तदान महाअभियान सञ्चालन गरिएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ