+
Search

ताजा अपडेट +

पपुलर +

फाइनलमा नुवाकोट युनाइटेड र तप्त भिड्दै

new inarpati yuva club nuwakot
डबली खबर
१० महिना अगाडी

२७ साउन, ईनारपाटी । जारी खुल्ला ६ ‘ए’ साईड फुटबल प्रतियोगिताको फाइनलमा आज नुवाकोट युनाइटेड फुटबल क्लब र तप्त युवा क्लब भिड्दै छ ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा विदुर नगरपालिकाको महारानीडिही खेलमैदान भईरहेको प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुँदैछ ।

सेमिफाइनलमा नुवाकोट युनाइटेडले आयोजक टिम न्यु इनारपाटी युवा क्लबलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

यस्तै, तप्त युवा क्लबले गोरखा स्ट्रङ्ग युथ क्लबलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगिताका विजेताले २२ हजार २२२ रुपैयाँ र उपविजेताले १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्

प्रतियोगितामा १३ वटा क्लबहरुको सहभागिता रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ