१७ साउन, त्रिशूली । नेपाल रनको आयोजनामा शनिबार ‘दौडिन्छ नुवाकोट’ कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागिता रहेको दौड त्रिशूलीदेखि बट्टारसम्म भएको थियो।
कार्यक्रमको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले रिबन काटेर शुभारम्भ गरेका थिए ।
नगरपालिका प्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, विदुर नपा-१ का अध्यक्ष लेनिन रञ्जित, २ का दीपक कायस्थलगायतले सहभागिता जनाएका दौडमा बालबालिकादेखि वृद्ध गरी १३७ जनाले सहभागिता जनाएको आयोजक संस्था नेपाल रनका सदस्य सुमन प्रधानले जानकारी दिए ।
स्वास्थ्यका लागि दौड: जीवनका लागि दौड मूल नारा रहेको दाैडमा स्थानीय ९७ वर्षीय गोपालदास जोशीले सबै सहभागीहरुलाई सगुन दिएर सफलताका शुभकामना दिएका थिए। उक्त सगुन त्रिशुली सामाजिक क्लबले संयोजन गरेका थिए ।
त्रिशूली बजार, पुलहुँदै ढुंगे, सदरमुकाम विदुर, दम्की, सङ्गमचोक भएर बट्टारमा रहेको पुरानोपाटीमा पुगेर समापन भएको थियो ।
नुवाकोट एथलेटिक्स क्लबको प्राविधिक सहयोगमा रहेको थियो। कार्यक्रममा विभिन्न स्थानहरुमा स्थानीय संस्थाहरुले सहयोग गरेका थिए ।




















प्रतिक्रिया