१६ असार, नुवाकोट । प्रथम अन्तर वडास्तरिय भेट्रान फुटबलको उपाधि विदुर-१ ‘ए’ ले जितेको छ ।
त्रिभूवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलको ट्राइब्रेकरमा विदुर-१ ‘ए’ले विदुर-९ लाई ५-४ गोल अन्तरले जीत हासिल गरेको हो।

विद्यालयको खेलमैदानमा भएको फाईनलको निर्धारित समयमा दुवै समुहले समान २-२ गोल गरेको थियो ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक अनिल पाण्डेले जानकारी दिए ।





















प्रतिक्रिया