+
Search

ताजा अपडेट +

पपुलर +

साततले दरबार भत्काउन सुरु, पाँचौँ तलासम्म भत्काईने

nuwakot Saattale Durbar reconstruction starting phase
डबली खबर
१० महिना अगाडी

८ असार, नुवाकोट । २०७२ सालको महाभूकम्पले क्षति पुगेको पुर्ननिर्माणको लागि साततले दरबार भत्काउन सुरु गरिएको छ ।

दश वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी भुकम्पले क्षति पुगेपछि आजदेखि चिनियाँ कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत् पुर्ननिर्माण सुरु गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेले जानकारी दिए । दरबारको पुर्ननिर्माण अघिको पूर्वतयारीको प्राविधिक काम सम्पन्न भएपछि दरबार भत्काउन सुरु गरिएको उनले बताए। पुनर्निर्माणमा साततले दरबारको माथिबाट तल पाँचौँ तलासम्म भत्काईने जनाएको छ।

दरबारको क्षतिग्रस्त संरचना हटाउनु अघि विदुर नगरपालिकाको नगरप्रमुखर राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङ, नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत रोशना पोखरेललगायत सरोकारवालाहरुलाई क्षतिग्रस्त स्थानको जानकारी गराई दरबारको छैठौं तल्लाको छानाबाट भत्काउन सुरु गरिएको छ ।

कार्यक्रममा नगरका वडाध्यक्षहरु एवम् कार्यपालिका सदस्यहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

४२ महिने पुनर्निर्माण लाग्ने उक्त कार्यको लागि तीन दर्जन कामदार खटाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ