sujim bazar advert

त्रिशूली अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकट सेवा

डबली खबर     जेष्ठ ३१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

trishuli hospital online ticketing system launch
Big Education Consultancy Nuwakot
global ime bank flash loan

३१ जेठ, नुवाकोट । त्रिशूली अस्पताल कोलेनीमा ओपीडी सेवाका लागि अनलाइन टिकटिङ सेवा ल्याउने भएको छ ।

अस्पतालमा सेवा लिन भोलि असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्यमबाट सेवाग्राहीले टिकट काट्न सक्नेछन् ।

यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।

स्वास्थ्य उपचारका लागि बिरामीले आफ्नो रोग अनुसारको ओपीडी शाखा (विभाग) छनोट गरी आफूले चाहेको मिति छनौट गरी टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताए ।

अस्पतालमा सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा सुरु गर्न लागिएको अस्पताल व्यस्थापन तथा सञ्चालनका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top