२६ जेठ, नुवाकोट । विदुर नगरपालिकाले प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख राजन श्रेष्ठले नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको सहकार्यमा वडास्तरीय क्रिकेट प्रतियोगिता जेठ २९ गतेबाट शुरु हुने जानकारी दिएका हुन् ।
क्रिकेट खेलबाट खेलाडीको स्तर र प्रबर्द्धनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । उनले प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद पर्यटन प्रबर्द्धनको साथै नगरमा क्रिकेटप्रतिको रुचि र समर्थन बढाउनु रहेको बताए ।राष्ट्रियस्तरका शिर्ष खेलाडीहरुको अवलोकन रहने प्रतियोगिताको अनुमानित खर्च कुल नौ लाख ९९ हजार ९५० रुपैँया रहेको उनले जानकारी दिए ।
नुवाकोट क्रिकेट सङ्घको रहेको प्रतियोगितामा खेलाडीले कुशल प्रदर्शनीसहित खेले पुग्नेछ । खेलाडीलाई आवश्यक जर्सी, खेलकुद सामग्री आयोजकले जुटाउने क्रिकेट सङ्घका उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कारसहित शील्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज महन्त गिरीले जानकारी दिए । यसैगरी विभिन्न विधागतका उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने जनाएको छ ।
प्रतियोगितामा नगरपालिकाका वडाहरुका खेलाडीले सहभागिता जनाउनेछन् । नगरको पिपलटारस्थित रङ्गशालामा हुने यो प्रतियोगिताले स्थानीय खेलकूदको स्तरलाई नयाँ उचाइमा पु¥याउने आशा गरिएको छ ।

प्रतिक्रिया