२८ फागुन, विदुर । यस वर्षको एसइई परीक्षामा नुवाकोटका चार हजार ६१३ जना विद्यार्थीहरुले परीक्षा दिदैंछन् ।
यस वर्षको एसइई परीक्षामा नियमिततर्फ तीन हजार ४४२ र प्राविधिकतर्फ २२६ विद्यार्थी सहभागी हुँदैछ ।
यही चैत ७ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुमार बस्नेतले बताए ।
परीक्षाका लागि २१ वटा परीक्षा केन्द्र तोकिएको छ ।
गत वर्ष नुवाकोटका तीन हजार ९२२ विद्यार्थी सहभागीता जनाएका थिए । यसवर्ष ६९१ विद्यार्थी बढीले परीक्षामा सहभागिता जनाएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी देशभरका ५ लाख २२ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। परीक्षाका लागि दुई हजार ७९ केन्द्र कायम गरिएको छ ।