sujim bazar advert

राष्ट्रपति रनिङ पदक विजेता खेलाडी सम्मानित

डबली खबर     बैशाख २५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

player rewarded by Bidur Municipality
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२५ वैशाख, नुवाकोट । विदुर नगरपालिकाले १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको छ ।

बिहीवार एक कार्यक्रम आयोजना गर्दै नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्षलगायतले खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन्।

नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई जिल्लासामु थप चिनाइएकोले सम्मान गरिएको बताए । नगरप्रमुखले आगामी आर्थिक वर्षदेखि उत्कृष्ट खेलाडी उत्पादनको लागि खेलकुद एकेडेमी नीति ल्याउने बताए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश: ५ हजार, ३ हजार र १ हजार ५०० रुपैँया नगदसहित सम्मान पत्र प्रदान गरिएको विदुर नगरपालिका खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिए ।

प्रतियोगिताका विदुर नगरपालिकाले विभिन्न विधागत तेक्वान्दो, कराँते, दौड, हाईजम्प, ज्यावलिङ थ्रो र कबड्डीमा गरी कुल १७ स्वर्ण पाँच रजत र १६ कास्य प्राप्त गरेको थियो ।

पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाँरामा भएको प्रतियोगितामा १७ स्वर्ण जित्दै विदुर नगरपालिका प्रथम भएको थियो । १७ स्वर्णमध्ये १२ तेक्वान्दो, एथलेटिक्सबाट तीन र कराँतेबाट दुई स्वर्ण जितेको थियो ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top