+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ पदक विजेता खेलाडी सम्मानित

player rewarded by Bidur Municipality
डबली खबर
१ साल अगाडी

२५ वैशाख, नुवाकोट । विदुर नगरपालिकाले १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको छ ।

बिहीवार एक कार्यक्रम आयोजना गर्दै नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्षलगायतले खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन्।

नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई जिल्लासामु थप चिनाइएकोले सम्मान गरिएको बताए । नगरप्रमुखले आगामी आर्थिक वर्षदेखि उत्कृष्ट खेलाडी उत्पादनको लागि खेलकुद एकेडेमी नीति ल्याउने बताए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश: ५ हजार, ३ हजार र १ हजार ५०० रुपैँया नगदसहित सम्मान पत्र प्रदान गरिएको विदुर नगरपालिका खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिए ।

प्रतियोगिताका विदुर नगरपालिकाले विभिन्न विधागत तेक्वान्दो, कराँते, दौड, हाईजम्प, ज्यावलिङ थ्रो र कबड्डीमा गरी कुल १७ स्वर्ण पाँच रजत र १६ कास्य प्राप्त गरेको थियो ।

पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाँरामा भएको प्रतियोगितामा १७ स्वर्ण जित्दै विदुर नगरपालिका प्रथम भएको थियो । १७ स्वर्णमध्ये १२ तेक्वान्दो, एथलेटिक्सबाट तीन र कराँतेबाट दुई स्वर्ण जितेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ