sujim bazar advert

प्रिन्स दाहाल बने राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

डबली खबर     बैशाख २३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Prince Dahal becomes national badminton champion
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२३ वैशाख, नागटारी । ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाल बागमती प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन भएका छन् ।

वैशाख २१ गतेदेखि २३ गतेसम्म भएको प्रतियोगिताको फाईनलमा प्रिन्सले क्षितिज खनाललाई २१-१०-२१-१७ सेटमा हराउँदै पुरुष (एकल)तर्फको उपाधि जितेका हुन् । प्रिन्स र क्षितिज सशस्त्र प्रहरीको एपीएफ क्लबमा आवद्ध छन् ।

प्रतियोगितामा त्रिभूवन आर्मीका लक्ष्मण खनाल र एपीएफका देवराज राना तेस्रो भए ।

प्रिन्सले ५० हजार, क्षितिजले ३० हजार तथा लक्ष्मण खनाल र देवराज रानाले समान २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेताहरुले ट्रफी, तक्मा र प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा महिला (एकल) तर्फ त्रिभूवन आर्मीकी रशीला महर्जनले त्रिभूवन आर्मीका अमिता गिरीलाई २१-१८-२१-१७ सेटमा हराउँदै उपाधि जितेका हुन् । विजेताले क्रमश: नगद ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुष जोडीमा एपीएफका भोजबहादुर गुरुङ र प्रबिणसिंह ठकुरीको जोडी च्याम्पियन बन्यो । आर्मीका नरेन्द्र बम र सुबिन श्रेष्ठ द्वितीय भए । विजेताले क्रमश: नगद ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, नुवाकोट खुल्ला पुरुष जोडीमा विवेक जोशी र गणेश लामाको जोडी प्रथम चन्दन घले र सुरज लामाको जोडी द्वितीय भए । विजेताले क्रमश: नगद ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे ।

महिला पन्ध्रबर्ष कम उमेर समूहमा एमबिबिएफकी निभा राई, पुरुष १५ बर्ष कम उमेर समूहमा सिन्धुलीका ईमा श्रेष्ठ, मिक्स जोडीमा त्रिभूवन आर्मीका सुरज महर्जन र अमिता गिरीले उपाधि हात पारे ।

भेट्रान्समा पर्वतका प्रेम गुरुङ र सुरेन्द्र कटुवालको जोडी, नुवाकोट जिल्ला पुरुष ‘बि’ लेबेलमा हरि खड्का र अमित पाण्डेका जोडीले उपाधि हात पारे ।

प्रतियोगिताका विजेता तथा उप विजेतालाई संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, नुवाकोट जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष धनसिंह तामाङलगायतले नगदसहित मेडल र प्रमाणपत्र वितरण गरे ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजना र नुवाकोट जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगितामा सातवटा विधामा प्रतिस्पर्धा गराईएको नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

विदुर नगरपालिका-२ को नागटारीस्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा तीनसय ४४ खेलाडीहरुले सहभागिता जनाएको संयोजक चन्दन घलेले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top