sujim advert

चेयरम्यान कप: भलिबलको उपाधि दाबेदार दुप्चेश्वरलाई

डबली खबर     बैशाख २१, २०८२

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

dupcheshwor volleyball
bidur tax consultancy services in nuwakot

२१ वैशाख, नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधि दाबेदार दुप्चेश्वर गाउँपालिकाले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा दुप्चेश्वर गाउँपालिकाले आयोजक पञ्चकन्या गाउँपालिका ‘ए’ टोलीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुप्चेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै पञ्चकन्यालाई पराजित गर्न सफल भयो ।

प्रतियोगितामा तेस्रो स्थान तादी गाउँपालिकाले हात पार्दा चौथो स्थानमा पञ्चकन्या गाउँपालिका ‘बी’ टोली भएको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुप्चेश्वर गाउँपालिकाका राजिव कँडेल सर्वोत्कृष्ट खेलाडी घोषित भएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतको प्रमुख आतिथ्यता रहेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top