२१ वैशाख, विदुर । विदुर नगरपालिका-२ को नागटारीमा निर्माण गरिएको ब्याडमिन्टन कभर्डहलको उद्घाटन गरिएको छ । स्वामित्व हस्तान्तरण भएको दुई दिनपछि उक्त कभर्डहलको उद्घाटन भएको हो ।
आईतबार (आज) बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले एक औपचारिक कार्यक्रममार्फत उद्घाटन गर्दै मुख्यमन्त्रीले खेलाडीले राष्ट्र चिनाउने कार्य गर्ने बताउँदै खेलले भावनात्मक सम्बन्ध कायम राख्ने बताए ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय गजुरीले वैशाख १९ गते शुक्रवारनै विदुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, जिल्ला खेलकुद बिकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङ, नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिं तामाङ लगायतको उपस्थितीमा सामाजिक विकास कार्यालय गजुरीका कार्यालय प्रमुख लोकबहादुर वाईवाले नगरमुख राजन श्रेष्ठलाई उक्त कभर्डहलको सम्पूर्ण स्वामित्व, व्यवस्थापन र उपयोगको दायित्व नगरपालिकाको रहने गरी हस्तान्तरण गरेका थिए ।
कभर्डहलको लागत दुई करोड ४२ लाख ३१ हजार रुपैँयाको रहेको छ ।
प्रतिक्रिया