+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावतीमा जुडो भवन शिलान्यास

betrawati judo center building
डबली खबर
१ साल अगाडी

२० वैशाख, बेत्रावती । नुवाकोटमा बेत्रावती जुडो डोजो भवन शिलान्यास गरिएको छ। नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले भवनको शिलान्यास गरेका हुन्।

शनिबार (आज) विदुर नगरपालिका-१० स्थित बेत्रावती सामुदायिक भवन परिसरमा नगरप्रमुख राजन श्रेष्ठ, १० नम्बरका वडा अध्यक्ष गणेशकुमार नेपाल, जापानी नागरिक फुरूया युसुकेको उपस्थितिमा अध्यक्ष गुरुङले उक्त भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले भवन निर्माणले समग्र खेलकै उपलब्ध हुनुको साथै नेपाल र जापानबिचको मित्रता कायम रहने बताए । भवनमा आवश्यक थप भौतिक पूर्वाधार निर्माण नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जापानी नागरिक फुरूया युसुकेले भवन निर्माणमा आवश्यक थप २० जना सहयोगी आगामी तीन महिनामा जापानबाट आउने जानकारी दिए । खेलले अनुशासन सिकाउने हुदाँ विद्यार्थीको बुद्धि विकासमा सहयोग गर्ने बताए । असल विद्यार्थीले समुदाय पनि असल बन्ने बताए ।

जापानी नागरिकहरुको करिब २० लाख सहयोगमा निर्माण हुने भवनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका जुडो खेलाडीहरु उत्पादन र खेलमा निरन्तर पाउने बेत्रावती जुडो डोजोका अध्यक्ष गङ्गाबहादुर डङ्गोलले बताए ।

जापानी नागरिक फुरूया युसुकेको नेतृत्वमा करिअर नेभिगेशन कम्पनीमार्फत् नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो सङ्घ काठमाडौँको समन्वयमा उक्त भवन निर्माण हुन लागिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ