१५ वैशाख, विदुर । जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।
सोमबार भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेश फुटबल सङ्घलाई निर्धारित समयमा ४-० गोल अन्तरले पराजित गरेका छन् ।
खेलको पहिलो हाफमा नेपाल पुलिसकी अमृता जैसी र निर्मला उपाध्यायले १/१ गोल गरिन्। खेलमा नेपाल पुलिसको तर्फबाट सुष्मा तामाङले २ गोल गरिन् ।
खेलमा नेपाल पुलिसकी सुष्मा तामाङ ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।
यस्तै, खेलमा गण्डकीको तर्फबाट कुनै गोल हुन सकेन ।

प्रतिक्रिया