sujim bazar advert

विदुरको हाटबजार निर्माण कार्य सुरु

डबली खबर     बैशाख १३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

vegetable collection center in Bidur Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१३ वैशाख, नुवाकोट । विदुर नगरपालिकाले बट्टारमा तरकारी संकलन केन्द्र (हाटबजार)को भवन निर्माण सुरु गरेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत् निर्माण हुन लागेको हाटबजारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका थिए ।

दुई वटा भवन निर्माणसहितको लागत दुई करोड १२ लाख ६७ हजार आठ सय ३७ रुपैयाँ रहेको छ । निर्माण कार्य आगामी पुस २६ गते सम्पन्न गरी सक्नुपर्ने सम्झौता छ ।

उक्त हाटबजार स्थल यसअघि विदुर नपा–४ हावाघरमा निर्माण गर्ने योजनासहितको तयारी अघि बढाइएकोमा जग्गा प्राप्ति लगायतका प्राविधिक समस्याको कारण स्थान्तरण गरी निर्माण गर्न लागिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top