+
Search

ताजा अपडेट +

पपुलर +

रौतहटको जीत, सुनिता उत्कृष्ट

bagamati chief minister national women football tourmanet first game score 20820114
डबली खबर
१ साल अगाडी

१४ वैशाख, विदुर । जारी बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघ विजयी भएको छ ।

प्रतिगीयोगिताको दोस्रो खेलमा रौतहटले रिगल रिसोर्ट एन्फा मकवानपुरलाई ३-२ गोल अन्तरले पराजय गरे ।

खेलको पहिलो हाफमा रिगलकी सुशिला भुजेल १ गोल गरिन् ।

यस्तै, रौतहटकी सुनिता सुनुवारले २ गोल गरी आफ्नो समुहलाई अग्रता दिलाईन् ।

खेलको दोस्रो हाफमा रिगलकी सजिना स्याङताङ थप १ गोल गरी बराबरीमा पुर्याईन् ।

यसैगरी रौतहटकी पुनम चेमजोङले थप एक गोल गरी आफ्नो समूहलाई जीत दिलाईन् ।

खेलमा रौतहटकी सुनिता सुनुवार ‘प्लेयर अफ दि म्याच’ भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनमा भएको प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख २० गतेसम्म हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ