+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश मुख्यमन्त्री कप: सङ्कटा फुटबल क्लबको जीत

bagamati chief minister national women football tourmanet first game score1
डबली खबर
१ साल अगाडी

१३ वैशाख, विदुर । आजबाट सुरु भएको बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सङ्कटा फुटबल क्लब विजयी भएको छ ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनमा भएको प्रतिगीयोगिताको उद्घाटन खेलमा सङ्कटा फुटबल क्लबले विभागिय समुह त्रिभुवन नेपाल आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हरायो ।

खेलको पहिलो हाफमा नेपाल आर्मीकी लिला चन्द र सङ्कटाकी पूर्णिमा राईले आफ्नो टिमबाट १/१ गोल गरिन् ।

दोस्रो हाफको अन्तिम समयमा सङ्कटाकी पूर्णिमा राई र जेनिफा रानामगरले थप १/१ गोल गर्दै आफ्नो समुहलाई जित दिलाईन् ।

खेलमा पूर्णिमा राई प्लेयर अफ दि म्याच भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

प्रतिगीयोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।

प्रतियोगिताका विजेता र उपविजेता ५ लाख र दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

सबै खेलको म्यान अफ द म्याच खेलाडीले पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैँया नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख १३ गतेदेखि २० गतेसम्म हुनेछ ।

नुवाकोट जिल्ला फुटबल संघ आयोजक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागिय समुहका साथै पद्मा स्पोर्ट्स क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, रौतहट फुटबल क्लब र गण्डकी प्रदेश फुटबल क्लबलगायत समुहको सहभागिता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ