+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिचाललाई पाठ्यक्रममा राख्नेछौं: मेयर श्रेष्ठ

डबली खबर
१ साल अगाडी

८ फागुन, नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बुद्धिचाल खेललाई आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा राखिने प्रतिबद्धता जनाएका छन् ।

आज बिहिबार ढुंगेमा आयोजित प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“बुद्धिचाललाई अतिरिक्त वा पाठ्यक्रममा समावेश गरेर प्राथमिक तहदेखि विद्यार्थीहरुलाई खेलाउँदै गएमा पछि आफै सबल, सक्षम हुन सक्ने, आएका समस्याहरु प्रतिरोध गर्न सक्ने, त्यसको व्यवस्थापन गर्न सक्ने, भोलि योजनाहरु तयार गर्न सक्ने र दिमाग राम्रो भएर अघि बढ्न सक्ने लगायतको हामीले सानै उमेरदेखि विकासोन्मुख मस्तिष्कमा हामीले समावेश गर्न सक्यो भने हामीले त्यति धेरै ठुलो कुरा पछि गरिरहनु आवश्यक नहुने छ।”

“रणनीति गर्न सक्ने, प्रतिष्पर्धीको बन्ने, हरेक कुराको योजना बुन्न सक्ने, धैर्यवाण बन्न सक्ने, अनुशासित हुन सक्ने यावत आफैमा बुद्धिचाल दिमाग चार्जिङ खेल हो”, उनले भने “जति धेरै खेल खेल्छौं, त्यतिनै बौद्धिकता बढ्छ, त्यतिनै हाम्रो जीवनयापनमा सहज गर्छ । हाम्रा कदममा समस्या हुन सक्छ, त्यसलाई कसरी उचित ढङ्गले सम्बोधन, व्यवस्थापन गर्ने, समस्या समाधान गर्नेलगायतको भूमिका यो बुद्धिचाल खेलले धेरै ठुलो भूमिका खेल्छ।”

व्यवसायिक, राजनीतिक क्षेत्र होस् या अन्य क्षेत्रमा हरेक क्षेत्रमा बुद्धिचाल खेलले एउटा व्यक्तिलाई पूर्णरुपमा सफल र सबल बनाउन मद्दत पुग्ने उनले बताए ।

खर्च पनि कम हुने, राज्य र परिवारले गर्ने लगानी पनि खर्च कम हुने भएकोले बुद्धिचाललाई खेल उत्कृष्ट रहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ