+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिचाल प्रतियोगिता सुरु, नेपाल च्याम्पियन जैसवाल र सिन्दिकाको सहभागिता

chess champion rupseh jaiswal in first mayor cup rating tournament in Nuwakot
डबली खबर
१ साल अगाडी

६ फागुन, नुवाकोट। होटल याङ्ग्राको सभाहलमा भइरहेको प्रथम विदुर मेयर कप खुल्ला रेटिङ कप बुद्धिचाल प्रतियोगितामा २५औं राष्ट्रिय प्रतियोगिताका विजेता रुपेश जैसवाल र सिन्दिरा जोशीले सहभागिता जनाएका छन् । साथै प्रतियोगितामा पदक विजेता नविन तण्डुकार र पुरुषोत्तम नेपालीको समेत सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपाल र भारतका गरी महिला पाँच र पुरुष ६९ गरी ७४ जना खेलाडीहरुले सहभागिता जनाएको आयोजक वाकोट जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जना भारतीय खेलाडीसमेत सहभागिता जनाएका छन् ।

प्रतियोगितामा राष्ट्रियस्तरका निर्णायकहरु सरोज ताम्राकार, रमिला पोखेरेल र असुन राजकर्णिकार रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरलाई खेलकुद हबमा विकास गर्नको विभिन्न खेलको प्रवर्द्धनमा अघि बढिरहेको बताए । मेयर श्रेष्ठले खेलकुदको माध्यमबाट समग्र जिल्लाको पर्यटन प्रवर्द्धन गर्न सकिने भएकोले सबै सरोकारवालाहरुले सहकार्य गर्नुपर्नैमा जोड दिए ।

प्रतियोगितामा नेपाल बुद्धिचाल महासङ्घको सहआयोजना र विदुर नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ