sujim bazar advert

भोलिदेखि अन्तर विद्यालय टि-२०, क्रिकेट टाईसिट सार्वजनिक

डबली खबर     फाल्गुन ४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

inter school t-20 cricket tournament in Nuwakot fagun 5
Big Education Consultancy Nuwakot
global ime bank flash loan

४ फागुन, विदुर । बाह्रौ अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ ।

नुवाकोट क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिताको आज आईतबार एक कार्यक्रमकाबिच खेलको टाईसिट सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा जिल्लाका छ विद्यालयले सहभागिता लिएको छ भने दुई समुहमा विभाजन गरिएको सङ्घका उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिए । दुई सामुदायिक र चार निजीगतका विद्यालयहरुले सहभागिता लिएका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने प्रतियोगिताको उद्घाटन खेल सुभेनियर बोर्डिङ स्कुल र जालपादेवी बोर्डिङ स्कुलबीच बिहान ८ बजे हुनेछ ।

विद्यालयस्तरीय प्रतियोगिता भएकोले भोलि फागुन ५-८ गतेसम्म सञ्चालन हुन लागेको जनाएको छ ।

प्रतियोगिताका विजेता र उपविजेताले २० हजार रुपैँया र १० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्ने सङ्घका सचिव करण खतिवडाले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विधागतका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने सङ्घका सचिव खतिवडाले जानकारी बताए ।

प्रतियोगिताको फाइनल फागुन ८ गते समुह ‘ए’ र ‘बि’का बीच हुने छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top