+
Search

ताजा अपडेट +

पपुलर +

खेलकुद शिक्षकलाई आधारभूत प्रशिक्षण

डबली खबर
१ साल अगाडी

२५ माघ, नुवाकोट । विदुर नगरपालिकाले विद्यालयका खेलकुद शिक्षकहरुलाई दुई दिने आधारभूत खेलकुद प्रशिक्षण दिइएको छ ।

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितालाई लक्षित गर्दै विद्यालयका शिक्षकहरुलाई विभिन्न विधागत खेलसँग सम्बन्धित सैद्धान्तिक र प्रयाेगात्मक प्रशिक्षण दिइएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी भएका प्रशिक्षार्थी खेलकुद शिक्षकहरुले समयअनुसार खेलकुदको नियम परिर्वतन भइरहने हुनाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी रहेको बताएका छन् ।

माघ २० गतेदेखि र २२ गतेसम्म भएको प्रशिक्षणमा विदुर नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरि २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज महन्त गिरीले जानकारी दिए ।

प्रशिक्षणमा एथलेटिक्सतर्फ रमेश सुनार र मनिष श्रेष्ठ, कबड्डीतर्फ सन्तोष थापा र भलिबलतर्फ सुवास पाण्डे र सुमन घले सहजीकरण गरका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ