sujim bazar advert

बिरामीले रिपोर्ट आफैँ प्रिन्ट गर्ने सकिने

अस्मिता श्रेष्ठ     माघ २३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

self printing lab report testing
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२३ माघ, नुवाकोट । त्रिशूली अस्पतालमा बिरामीले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरी लिन सक्ने व्यवस्था गरिएको छ ।

बिरामीले प्रयोगशालाको बिलमा भएको बारकोड मेसिनमा राखेर रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने भएको छ ।

अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाकाअनुसार यस सुविधाले प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने र बिरामीको समयको बचत हुने विश्वास लिइएको छ ।

‘बारकोड नम्बर’ राखी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनबाट बिरामीले प्रयोग गर्न सक्ने अस्पताल व्यवस्थापना तथा संचालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।

अस्पतालमा सामाजिक इकाई सेवाबाट प्राप्त गरेका बिरामीको पूर्ण विवरण र दैनिकरुपमा सेवाग्राहीको तथ्यांक डिजिटल बोर्डमा हेर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top