+
Search

ताजा अपडेट +

पपुलर +

बोलनटार युवा क्लबलाई उपाधी

bolanatar youth club win first kalika mai cup tournament
डबली खबर
१ साल अगाडी

१४ माघ, नुवाकोट । प्रथम कालिका माई फुटबल प्रतियोगिताको उपाधी बोलनटार युवा क्लबले जितेको छ ।

सोमबार विदुर नगरपालिका-१३ स्थित देउडी खेल मैदानमा भएको फाइनलमा बोलनटारले देउडी युवा क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

विजेता र उपविजेताले नगद पुरस्कार २० हजार र १० हजार रुपैँया र शिल्ड प्राप्त गरेका छन् ।

विजेता र उपविजेतालाई बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेले नगर पुरस्कारसहित तक्मा र प्रमाणपत्र प्रदान गरेका छन् ।

माघ ११ गतेबाट सुरु भएको प्रतियोगितामा १४ समुहले सहभागिता जनाएको आयोजक कालिका माई युवा क्लबका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ