sujim bazar advert

बोलनटार युवा क्लबलाई उपाधी

डबली खबर     माघ १४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

bolanatar youth club win first kalika mai cup tournament
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१४ माघ, नुवाकोट । प्रथम कालिका माई फुटबल प्रतियोगिताको उपाधी बोलनटार युवा क्लबले जितेको छ ।

सोमबार विदुर नगरपालिका-१३ स्थित देउडी खेल मैदानमा भएको फाइनलमा बोलनटारले देउडी युवा क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

विजेता र उपविजेताले नगद पुरस्कार २० हजार र १० हजार रुपैँया र शिल्ड प्राप्त गरेका छन् ।

विजेता र उपविजेतालाई बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेले नगर पुरस्कारसहित तक्मा र प्रमाणपत्र प्रदान गरेका छन् ।

माघ ११ गतेबाट सुरु भएको प्रतियोगितामा १४ समुहले सहभागिता जनाएको आयोजक कालिका माई युवा क्लबका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top