७ माघ, विदुर । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा बाह्रौ अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खेलाडी उत्पादनको मूल आधार नै विद्यालयस्तरीय प्रतियोगिता भएकोले यही फागुन ३ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको सङ्घका उपाध्यक्ष विष्णु प्याकुरेलले बताए ।
नुवाकोट जिल्लाका सम्पूर्ण विद्यालयलाई फागुन १ गतेभित्र दर्ता गर्न आह्वान गरिएको छ । टिम दर्ता शुल्क पाँच हजार रुपैँया रहेको छ। सोही विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई मात्र टिममा समावेश गर्न पाइने प्रावधान रहेको छ।
प्रतियोगिताका विजेता र उपविजेताले २० हजार रुपैँया र १० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्ने सङ्घका सचिव करण खतिवडाले जानकारी दिएका छन् ।
यससँगै प्रतियोगतामा उत्कृष्ट खेलाडी, ब्याटर, बलर, फिल्डरको साथै उदयमान खेलाडी र खेल अनुशाशित अवार्डको समेत व्यवस्था रहेको सचिव खतिवडाले जानकारी दिएका छन् ।
प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुनेछ ।
प्रतिक्रिया