sujim bazar advert

पिपलटारमा खेलकुद महोत्सव हुदैँ

डबली खबर     माघ ५, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

pipaltar sports and entertainment festival 2081
Big Education Consultancy Nuwakot
global ime bank flash loan

५ माघ, नुवाकोट । पिपलटार फुटबल क्लबको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन ७ गतेसम्म प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव हुने भएको छ ।

विदुर नपा-५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन भएको छ ।

विदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा हुने महोत्सवमा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

महोत्सवमा विधागत खेलकुद, लोकनृत्य, स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी रहने अध्यक्ष पनेरुले जानकारी दिए ।

यसैगरी महोत्सवमा चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ ।

११ दिनसम्म चल्ने महोत्सव करिब ७० हजारले अवलोकन गर्ने जनाएको छ ।

महोत्सव अवधिभर दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top