World Tuberculosis Day 2025
sujim advert

तेस्रो पीएफसी इमर्जिङ सुरु

डबली खबर     माघ ४, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

photo pfc football tournament
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

४ माघ, चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजना हुँदै आएको ‘पीएफसी इमर्जिङ् कप’ फुटबल प्रतियाेगिता आजदेखि सुरु हुदैँछ ।

पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गतेसम्म हुने प्रतियोगितामा चितवनका १६ विद्यालयहरूले सहभागिता जनाएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । विगतका प्रतियोगिताले स्कुलदेखिनै नयाँ खेलाडीहरूको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको उनले बताए ।

‘हामीले क्लबको स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएका छौँ,’ उनले भने ‘शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका संस्करणहरू निकै उपलब्धिमूलक भएको छ ।’

खेल भरतपुर-१४ को सुन्दर बस्ती खेलमैदानमा हुने उद्घाटन खेल सैनिक आवासीय माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयबीच हुनेछ ।

प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । यस्तै, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले जानकारी दिए ।

अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

यस अघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो ।

प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top