sujim bazar advert

म्यागङलाई भलिबलको उपाधि

डबली खबर     पुस २७, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

mygang women volleyball team win inter municipality volleyball competition
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२७ पुस, कोलोनी । अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता नुवाकोटको उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।

राष्ट्रिय एकता दिवस तथा ३०३ औं पृथ्वी जयन्तीको अवसरमा विदुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगीतामा म्यागङले फाईनल खेलमा लिखु गाउँपालिकालाई २५–११ र २५–२० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

सेमिफाईनल खेलमा तादी गाउँपालिकालाई २५–११ र २५–१५ को सोझो सेटमा पराजित गर्दे म्यागङ फाईनल प्रवेश गरेको थियो ।

यस्तै, किस्पाङ गाउँपालिकालाई २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गर्दे लिखु फाईनल प्रवेश गरेको हो ।

जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पाँच वटा पालिकाहरुको सहभागिता रहेको संघका अध्यक्ष सुबास पाण्डेले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top