+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचन: ककनी-२ को वडा अध्यक्षमा दुई स्वतन्त्रसहित ११ जनाको मनोनयन दर्ता

kakani2 one woman and 10 men nominated in election
डबली खबर
१ साल अगाडी

विदुर – मंसिर १६ मा हुने उपनिर्वाचनका लागि नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा दुई स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ ।

आज आइतबार वडा अध्यक्षको लागि एक महिलासहित १० पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए ।

प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दिएका सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका नौ दलहरूले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसबाट निर्वाचित तिलकबहादुर लामाको निधनपछि हुन लागेको उपनिर्वाचनमा सत्तारुढ दलहरू एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिएका छन् ।

कांग्रेसका सुर्य तामाङ, नेकपा एमालेका यमबहादुर लामा, नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन), राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गल सिद्धि लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट मानबहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ, मङ्गल नेशनल अर्गनाईजेशनबाट किरण तामाङ, नेपाल मजदुर किसान पार्टीका माईलीमाया तामाङले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, स्वतन्त्रबाट रमेश पुडासैनी र सोनु तामाङले मनोनयन दर्ता गराएका छन् ।

मङ्गल नेशनल अर्गनाईजेशनबाट उम्मेवारी दिएका किरण तामाङ सबैभन्दा कान्छो उम्मेदवार हुन्। उनको उमेर २७ वर्ष रहेको छ।

काँग्रेसबाट टिकट नपाएपछि मंगलसिद्धी लामाले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ