+
Search

ताजा अपडेट +

पपुलर +

फुटसलमा राष्ट्रसेवक प्रथम

futsal org constitution day
डबली खबर
१ साल अगाडी

बट्टार – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित फुटसलमा राष्ट्रसेवक समुह प्रथम भएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला मूल आयाेजक समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा राष्ट्रसेवकले नुवाकोट उद्योग वाणिज्य सङ्घ समुहलाई १-० गोलले पराजित गर्दै विजयी भए।

समय अवधिमा दुवै समुहबाट समान १-१ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकलिएको थियो ।

प्रतियोगितामा वाणिज्य समुहका दिनेशकुमार श्रेष्ठले ४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी घोषित भए ।

विजेता र उपविजेतालाई जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी र विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले संयुक्तरुपमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

पत्रकार र जनप्रतिनिधि समुहको समेत सहभागिता रहेको प्रतियोगितामा विदुर नगरपालिकाले संयोजन गरेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ