sujim advert

कृषि क्षेत्रको विकासमा दश करोड २० लाख

डबली खबर     ८ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

agriculture nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – कृषि विकास कार्यालयले नुवाकोट र रसुवा जिल्लाको कृषि क्षेत्र विकास र अनुसन्धानको निमित्त प्राप्त भएको योजना तथा कार्यक्रमको जानकारी दिएको छ।

बुधबार कार्यालयले आयोजना गरेको कार्यक्रम सार्वजनिक गोष्ठीमा कार्यालय प्रमुख केशव खनालले चालुआर्थिक वर्ष २०८१/८२ मा दश करोड २० लाख रुपैंयाँको योजना तथा कार्यक्रम प्राप्त भएको जानकारी दिएको हो । कार्यक्रममा नयाँ कार्यक्रमसहित कृषि विकासको लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवम् बजेटको अख्तियारी प्राप्त भएको उनले बताए ।

यसवर्ष दुई जिल्लाका कृषि क्षेत्रमा सिचाईँ, साना यन्त्र उपकरणमा सहायता, मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीलता प्रबद्र्धन, संरक्षित संरचनामा तरकारी खेती, एक वडा–एक कृषि उत्पादनसहित रैथाने बाली र तरकारीको संरक्षणका कार्यक्रम प्राथमिकतामा राखिएका छन् ।

रैथाने बाली र तरकारीको संरक्षण सहित सम्भाव्यता भएका नयाँ उब्जनीको अध्ययन तथा परीक्षण समेत गर्ने कार्यक्रम चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएको छ ।

कृषि कार्यक्रमले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनिकरण तथा खाद्य पोषण सुधारमा उल्लेख्य सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top