sujim bazar advert

भदौ २७ गतेदेखि कृषि एक्स्पो

डबली खबर     भदौ २६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

fncci federation of Nepal commerce and industry
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले कृषि एक्स्पो २०८१ आयोजना गर्ने भएको छ । महासंघ कोशी प्रदेशले भदौ २७ गतेदेखि कटहरी कृषि थोक बजारमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो ।

कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्र्यि अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको महासंघ कोशी प्रदेशले जानकारी दिएको छ ।

एक्स्पोका मुख्य आकर्षणहरुमा नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपंक्षी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुती, बजार तथा व्यापारका अवसरहरु, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिवल एवं जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था रहने छन् ।

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरि विभिन्न समितिहरु गठन गरिएको छ । यसैगरी एक्स्पो हुने स्थानमा जम्मा ५ वटा व्लक छुटयाइएको छ । जसमा ए मा पशुपंक्षी, वि मा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने छन् ।

एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिंग, क्लाईमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञबाट संवाद कार्यक्रम राखिएको छ । यसैगरी कृषि व्यवसायी वीच विटुवी कार्यक्रम समेत राखिएको छ । काठमाण्डौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम रहेको छ जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी हुनेछ ।

एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुनका साथै समुद्घाटन कार्यक्रममा भारत, विहार राज्यका माननीय कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।

प्रदेश सरकार, कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवद्र्धन गरिरहेको छ भने नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउंपालिका सहयोगी संस्था रहेका छन् ।

यसैगरी एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहरा ग्रुप, कृषि विकास बैंक र मुक्तीनाथ कृषि विकास कम्पनी लि. रहेका छन् । यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक, सिद्धार्थ बैंक, नविल बैंक, बुढीगंगा गाउंपालिका र जहदा गाउंपालिका रहेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top