नुवाकोट – नेपाल खेलकुद महासंघ विदुर कमिटीको अध्यक्षमा सुरेश पौडेल निर्वाचित भएका छन् ।
आज सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पौडेल सर्वसम्मत निर्वाचित भएको हो ।
पौडेलको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
सर्वसम्मत चयन गरिएको नगर कमिटीको उपाध्यक्षमा शिव विश्वकर्मा, उपाध्यक्षमा श्रीकृष्ण पौडेल, सचिवमा नन्दराज श्रेष्ठ, सहसचिव द्वय रामबहादुर तामाङ र कमला कुँवर र कोषाध्यक्ष सुबाश कुमाल चयन भएका छन्।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेकपा एमाले नुवाकोटका सचिव शिवकुमार चित्रकारले खादा लगाई सपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया