+
Search

ताजा अपडेट +

पपुलर +

किस्पाङमा खुला फुटबल हुदैँ

kispang open football tournament in dashain 2081
डबली खबर
१ साल अगाडी

नुवाकोट – समाज सेवा युवा क्लबको आयोजनामा किस्पाङ गाउँपालिकामा फुटबल प्रतियोगिता खेल हुने भएको छ ।

यसवर्षको दशैँको अवसरमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराकासाथ खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक बिमल तामाङले जानकारी दिए ।

प्रतियोगिता किस्पाङको मनकामनास्थित पुरानो गाउँ खेलमैदानमा आगामी असोज १२ गतेदेखि सुरु हुने जनाएको छ।

प्रतियोगिताको लागि यहि भाद्र १८ गतेदेखि असोज ११ गतेसम्म सहभागी क्लबले नाम दर्ता गर्नुपर्नेछ।

प्रतियोगिताका प्रथम,द्वितीय र तृतीयले क्रमश: ६० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ